ताजा खबर राजनीति News

नेपालका प्रधानमन्त्रीको बेढंगे व्यवहारका कारण चीनले दियो घुमाउरो भाषामा नमीठो चेतावनी

नेपालका प्रधानमन्त्रीको बेढंगे व्यवहारका कारण चीनले दियो घुमाउरो भाषामा नमीठो चेतावनी

Sultan Tuanku Alhaj Abdul Halim Mu'Adzam Shah of Malaysia Visits China

असोज ५ । आफ्नो भारत भ्रमण ऐतिहासिक रुपमा सफल भनेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललले आफ्नो हेडक्वाटरलाई रिपोर्टिङ गरिरेहका बेला उत्तरी छिमेकी चीनले भने विज्ञमार्फत यो यात्राप्रति व्यंग्य प्रहार गरेको छ प्रधानमन्त्री दाहालले भारतको बैठकमा सबैजसो भारतिय नेताले आफ्नो उच्च प्रशंशा गरको दक्षिण एसियाली क्षेत्रमा भरपर्दो नेता तपाइनै हो भन्दै हौसला बढाएको सहयोद्धाहरुलाई सुनाएका थिए ।

भारतीय नेताहरुले तपाई जे भन्नुहुन्छ हामी त्यही अनुसरा गर्न तयार छौ भन्ने बचन दिएको जानकारी उनका सहयोद्धालाई सुनाएका थिए । त्यसैले उनले यो यात्रा सोचेको भन्दा बढी सफल भएको उनले दाबी समेत गरे । राष्ट्रपतिले दिएको रात्रिभोजमा कांग्रेसका नेता रामचन्द्र पौडेललाई समेत सुनाउन पुगे । भारतसंग जुन तिक्तता थियो अब समाप्त भएको छ । तर एमाले खेमाले भने यिनले संविधान डुबाउँछन् । शुन्यतातर्फ मुलुकलाई लैजादैछन् भनेर भन्दै थिए ।

‘नेपाल रिक्स मिसिङ चान्स वीथ चाइना’ शीर्षमा लेखिएको एक चाइना पत्रिकाले लेखेको छ । पहिलो चोटी प्रधानमन्त्री बन्दा पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमण चीनबाट थालेर जुन परम्परा थालेका थिए त्यसको आठ बर्षपछि त्यसलाई निरन्तरता दिन सकेनन् । अघिल्लो सरकारमा रहेका केपी ओली सरकारका पालामा चीनका राष्ट्रपति आउने कुरा भएको भए पनि प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री भए लगत्तै राष्ट्रपति नआउने कुराले पनि चीन रिसाएको हो भन्ने कुरा उल्लेख गरेको छ । प्रचण्डले चीनलाई धोका दिएको समेत उक्त पत्रिकाले लेखेको छ । जनआस्था साप्ताहिक

China

विशेष