घर भत्किएर किच्दा महिलाकाे मृत्यु

असाेज - ५ । धनकुटाको पाख्रीबासमा बुधबार घर भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घरले थिचिएर कार्कीको घटनास्थलमै मृत्यु भएको होे । सोही घरमा बास बसेका एक बटुवा पनि घाइते भएका छन् । उनको पहिचान हुन बाँकी छ । घर भत्किएर पुरिएका उनलाई उद्धार गरी निकालेर उपचारका लागि पठाइएको स्थानीयले बताएका छन् ।
मङ्गलबार रातिदेखि लगातार वर्षा हुँदा बुधबार बिहान करिब ८ः३० बजे घर भत्किएको हो । घटनापश्चात प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
Dhankuta mirtue pahirole kichda