सहायताका लागि सिरिया पठाएको सामान फिर्ना ल्याउन संयुक्त राष्ट्रसंघको निर्देशन
असोज – ५ । द्वन्द्व प्रभावित सिरियाको प्राचीन सहरमा संयुक्त राष्ट्रसंघले मङ्गलबार मानवीय सहायताका लागि पठाएको सम्पूर्ण सामानलाई फिर्ता ल्याउन निर्देशन दिएको छ ।
सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धबिरामपछि राष्ट्रसंघले मानवीय सहायताका लागि अति आवश्यकीय सामानलाई अलेप्पोतर्फ पठाएको तर सरकारी तथा विद्रोही पक्षबाट युद्धबिराम भङ्ग गर्दै कारबाहीलाई तीब्रता दिन थालेपछि त्यसतर्फ सामान लिएर नजान आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको हो ।
करिब एक हप्तादेखि जारी युद्धबिरामलाई भङ्ग गर्दै मङ्गलबार गरिएको आक्रमणमा रेडक्रस सोसाइटीका एक स्थानीय प्रतिनिधिको समेत मृत्यु भएको संयुक्त राष्ट्रसंघका मानवीय सहायता मामिला हेर्ने संस्थाका प्रवक्ता जेन्स लार्कले बताए ।
घटनामा २० सिरियाली नागरिकको समेत मृत्यु भएको बताइएको छ ।
राष्ट्रसंघले सहायताका लागि अलेप्पो क्षेत्रको ओरुम अलकुब्रा गएका ३१ वटा गाडीमाथि सोमबार आक्रमण भएको बताएको छ ।
syriya
uno