उदयपुरमा चट्याङबाट २ को मृत्यु

असोज ५ । उदयपुरको सिद्धिपुरमा गए राति चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिपुर २ का ५० बर्षीय जगतबहादुर मगर र ५५ बर्षीय चक्रबहादुर मगर रहेका छन् । अविरल वर्षासँगै परेको चट्याङले उनीहरुको मृत्यु भएको हो ।
राति सुतिरहेको बेला घरमा परेको चट्याङले दुईको मुत्यु भएको हो । बुधबार राति देखि परेको अविरल बर्षाका कारण उदयपुरको जनजीवन अस्तव्यस्त भएको छ । बर्षातका कारण त्रियुगा नगरपालिका २ स्थित बरुवा खोलाको बाँध भत्कदा त्यस क्षेत्रका करिब तीन दर्जन घरहरु डुवानको उच्च जोखिममा रहेका छन्
Chatyang
mirtue
udhayapur
