भारतमा १० आतंककारी मारिए

असोज – ५ । उरीमा पाकिस्तानले दुई दिन अघिको आक्रमणपछि फेरि सोही इलाकामा आतंककारी घुसाउने प्रयास गरेका छन् । दिउँसो १ बजेको आसपासमा आतंककारीहरुले भारतीय चौकी माथी फायरिङ गरेका थिए ।
आतंकारीलाई भारतीय सेनाले चेतावनी दिएपनि उनीहरुले फायरिङ सुरु गरेपछि भारतीय सेना जवाफि कारबाहीमा उत्रिएको थियो । जवाफि कारबाहीमा १० आतंकारी मारिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो फायरिङ लाइन अफ कन्ट्रोलमा घुसपैठको लागि तयार बसेका १५ आतंकारीको सहयोगको लागि पाकिस्तानी सेनाले गरेको कभर फायर भएको भारतीय मिडियाले आरोप लगाएका छन् ।
भारतीय सरकारले कारबाहीको योजना तयार गर्न बुधबार सुरक्षा अधिकारीहरुको क्याबिनेट कमिटी बैठक बोलाएको छ ।
Attact
Death
India
Pakistan
