विदेश

युवामा सम्भोग गर्ने रहर घटेपछि जापान सरकारलाई चिन्ता

युवामा सम्भोग गर्ने रहर घटेपछि जापान सरकारलाई चिन्ता
असोज ५ । सामान्यतः जापानलाई मेहनतीहरुको देश भनिन्छ । जापानीहरुको दिन रात काममा मेहनत गरेर खट्ने बानी र उनीहरुको लगनशीलताले संसारलाई चकित पारिदिएको छ । हाल जापानबारे एक अनौठो रहस्य पत्ता लागेको छ । जापानका जनताले सम्भोग नगर्दा सरकारलाई तनाव सिर्जना भएको खबर बाहिर आएको छ । Stress_sex_670_1395663525 जनताले सम्भोग नगर्दा सरकारलाई केको टाउको दुखाई ? भन्ने प्रश्न पक्कै उठ्छ । तर, पछिल्लो समय जापानका जनताहरु काममा यति धेरै व्यस्त हुन थालेका छन् की उनीहरुप्रति यौनको चासो घट्दै गएको छ । यसकारणले जापानमा भर्जिन युवायुवतीहरुको संख्या दिनानुदिन बढ्दो छ । देशमा अविवाहित महिला र पुरुष संख्या बढेर चिन्ताजनक अवस्थामा पुगेको छ भने बृद्धाको संख्या बढि रहेको जापानको जनसंख्या झनै धरापमा परेको छ । यस्तो अवस्थामा तन्नेरी युवा युवतीले विवाह नै गर्न छाडेपछि जापानको जनसंख्या धरापमा पर्न गएको छ । सरकारले युवायुवतीहरुले बिहे गर्न तथा बच्चा जन्माउन प्रोत्साहन गर्दै नगद पुरस्कार लगायतका विभिन्न प्याकेट घोषणा गरिरहेको छ । तर मानिसहरु आफ्नो काममा यति व्यस्त छन् की उनीहरुसँग बिहे गर्ने तथा परिवार बसाउने फुर्सद छैन । जापान टाइम्सको रिपोर्ट अनुसार जापानीहरुमा गरिएको नयाँ सर्भेक्षणले १८ देखि ३४ वर्ष उमेरका ७० प्रतिशत अविवाहित पुरुष तथा ६० प्रतिशत अविवाहित महिलामा सेक्सप्रति कुनै रुची नै छैन । यो उमेर समूहका ४२ प्रतिशत पुरुष तथा ४४.२ प्रतिशत महिलाले आफुहरु अहिलेसम्म भर्जिन रहेको खुलासा गरेका छन् । यो सर्भेक्षण जापाने नेसनल इन्स्टिच्यूट अफ पपुलेसन एण्ड सोसल सेक्योरिटी रिसर्चले गरेको हो । सन् १९८७ मा गरिएको यस्तै खालको सर्भेक्षणमा ४८.६ प्रतिशत पुरुष र ३९.५ प्रतिशत महिला अबिवाहित रहेको पाइएको थियो । सन् २०१० को सर्भेमा ३६.२ प्रतिशत पुरुष तथा ३८.२ प्रतिशत महिलाहरुले आफुलाई भर्जिन रहेको बताएका

Japan yaun yong

विशेष