विदेश

बङ्लादेशमा फेरी पल्टिँदा ३० जना बेपत्ता

बङ्लादेशमा फेरी पल्टिँदा ३० जना बेपत्ता
असाेज - ५ । यात्रुले खचाखच भरिएको फेरी पल्टिँदा बङ्लादेशमा बुधवार ३० जना बेपत्ता भएका छन् । feri_naik_naik_selalu_lumur फेरीमा रहेका केही यात्रु पौडिनलाग्दा अन्य यात्रु डराएपछि फेरी असन्तुलित भई पल्टिएको प्रहरीले बताएको छ । सो फेरीमा ७० देखि ८० जनासम्म यात्रु रहेकाले फेरीले धान्न नसकी दुर्घटना भएको प्रहरीको भनाइ छ । बङ्लादेशमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गर्दछन् । हरेक वर्ष खचाखच यात्रु वोकेका कारण फेरी दुर्घटना भई सयौँको मृत्यु हुने गरेको छ । गत वर्ष फेव्रुअरीमा भएको फेरी दुर्घटनामा ६९ जनाको मृत्यु भएको थियो । - रासस-एएफपी

bangladesh Feri accident

विशेष