जर्बजस्ती चन्दा असुल्ने बैद्य र विप्लवका कार्यकर्ता पक्राउ
असोज ५ । चन्दा असुलीका लागि निजी विद्यालयमा पूर्व लडाकुले बम विष्फोट गराएको घटना सेलाउन नपाउँदै राजधानीमा चन्दा माग्न सक्रिय मोहन बैद्य र नेत्रविक्रम चन्द विप्लप नेतृत्व माओवादीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
गृह मन्त्रालयले मंगलबार सुरक्षा निकायका प्रमुखलाई बैठक बोलाएर चन्दा असुली गर्ने जो कोही भएपनि कारबाहीको दायरमा ल्याउन निर्देशन दिएसँंगै प्रहरी सक्रिय भएको हो ।
बुधबार बिहान कलंकी र बागबजारबाट प्रहरीले ६ जनालाई चन्दा मागेको अभियोगमा पक्राउ गरेको छ । कलंकीस्थित क्याम्ब्रिज कलेजमा चन्दा माग्दै गरेको अवस्थमा विप्लपका कार्यकताद्वय दाङ तुल्सीपुरका प्रमोद गिरी र महेन्द्र तामाङ पक्राउ परेका छन् । सामना सांस्कृतिक अभियानको लागि पर्चा देखाएर चन्दाको लागि वार्गे्निङ गरेको जानकारी महानगरीय परिसर काठमाडौंले जनाएको छ ।
त्यसैगरी परिसर काठमाडौंले वैद्य नेतृत्वका नेकपा क्रान्तिकारी माओवादी निकट ४ जना नेतालाई चन्दा असुलीकै आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराम यादव, दिपेन्द्र सुनुवार, राम नेपाली र महेश श्रेष्ठ छन् ।
यी मध्ये शिवराम केन्द्रीय सदस्य हुन् । प्रहरीले उनीहरुलाई बागबजारबाट उनीहरुलाई पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी विक्रम थापाले चन्दा मागेको उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताए । उनले भने,‘ जवर्जस्ती चन्दा माग्न पाइँदैन, उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो, थप सोधपुछ भइरहेको छ ।’
मंगलबार ११ वटा नीजि विद्यालयमा बम राखेको आरोपमा पक्राउ परेका दुई जनालाई हातहतियार तथा विष्फोटक पदार्थ ऐन र संगठीत अपराधमा मुद्दा चलाएको छ ।
बुधबार अदालतमा सो अभियोगमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले पाँच दिनको थुना अनुमति पाएको हो । प्रहरीले पक्राउ गरेका दुई जना क्रमश शंकर लाखे र चन्द्रबहादुर तामाङले बम बनाउन जिलेटिन लगायतका सामाग्रीको स्रोतबारे अनुसन्धान अगाडी बढाएको छ ।
उनीहरुले योक कम्युनिष्ट फोर्स नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र केन्द्रको नाममा पर्चा छाडेर दुई निजी विद्यालयमा बम विष्फोट गराएका थिए भने अन्य नौ निजी विद्यालयमा बम छाडेका थिए ।
asuli
biplop
chanda
moast
mohan baidhya kiran
netra bikram chand