शान्ति स्थापनाका लागि संविधान संशोधन आवश्यक छः गृहमन्त्री निधि

असाज – ५ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपालको संविधानमा सबैको सहमति नभएका कारण संसोधन गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मह मौरी फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री निधिले संविधान संशोधन गर्नु पर्ने कुरा औँल्याएका हुन् ।
‘नेपालको संविधान संशोधन आवश्यक छ ।’ उनले भने, ‘संविधान संशोधन गर्छौँ र शान्ति स्थापना गर्छौँ ।’ उनले शान्तिलाई स्थायी बनाउनका लागि दलहरु सबै मिलेर अघि बढ्न आग्रह गरेका छन् । नेपालमा विगतमा भएको जनयुद्धलाई स्मरण गर्दै उनले युद्धको पाटोबाट मात्र नभइ शान्तिको पाटोबाट नेपालमा विकाश ल्याउनु पर्ने बताए ।
द्वन्द्व, शान्ति र विकाश केन्द्रका संयोजक हेमराज सुवेदिले लोकतन्त्रको स्थापनापछि कुनै नीति तथा कार्यक्रममा परिवर्तन आउन नसकेकाले देशमा शान्ति आउन नसकेको निष्कर्ष निकाले ।
योग गुरु विकाशानन्दले योग ध्यान तथा व्यायमबाट मनलाई शान्ति मिल्ने बताए भने दाहालले आफ्नो शास्त्रिय गीत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन ।
‘दिगो शान्ति: राष्ट्र विकासको आधार’ भन्ने नाराका साथ नेपालमा बुधबार अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ । नेपालमा जनयुद्धको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवात भएको खुसियालीमा शान्ति दिवस मनाउन थालिएको हो ।
मह मौरी फाउन्डेशनले गरेको कार्यक्रममा द्वन्द्व, शान्ति र विकाश विभागमा काम गरेर नेपालमा शान्ति स्थापनामा सहयोग गरेका स्वर्गिय शौभाग्य शाहलाई मरणोपरान्त शान्ति पुरस्कार वितरण गरिएको गरेको छ । त्यसैगरी द्वन्द्व, शान्ति र विकाश अध्ययन केन्द्रका सह प्राध्यापक एवम् यहि केन्द्रबाट सर्वोत्कृष्ट भएका पिताम्बर भण्डारीलाई शान्ति शिक्षा पुरस्कार प्रदान गरिएको गरियो । साथै सहयोगी संघसंस्थाहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा दिवस मनाउने गरिएको छ । राष्ट्रसंघको ५५ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी आजको दिनलाई अन्तराष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो ।
bimalendra nidi
Honey bee foundation
International Peace day
Nepalaaja.com





