News

हाँस्यकलाकार गजुरेल 'भैरव स्मृति २०७२'बाट सम्मानित

हाँस्यकलाकार गजुरेल 'भैरव स्मृति २०७२'बाट सम्मानित
सोज ५ । हाँस्यकलाकार मनोज गजुरेललाई बुधबार भैरव स्मृति सम्मान २०७२ बाट सम्मानित गरिएको छ । manoj-gajurel भैरव अर्याल स्मृति दिवसको सन्दर्भ पारेर साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरले संयुक्तरुपमा गजुरेललाई नगद २१ हजार १ सय ११ रुपैयाँसहितको सम्मान समर्पण गरेको हो । गजुरेललाई प्रा.डा. माधव पोखरेलले सम्मानपत्र तथा नगद प्रदान गरे । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा र्पुयाएको योगदानको कदर गर्दै गजुरेललाई सम्मान गरिएको आयोजकले बताएको छ । भैरव अर्यालको कदलाई थप उचाई दिन गजुरेलको योगदान रहेको भन्दै उनको सफलताले नेपाली हाँस्यव्यङ्ग्य क्षेत्र अझै बलियो बन्दै जाने प्रा.डा पोखरेलले बताए । सम्मानित भएपछि मन्तव्य व्यक्त गर्दै कलाकार गजुरेलले नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा भैरव अर्यालको उचाइमा कहिल्यै कमी नहुने बताए । सोही कार्यक्रममासाहित्यकार पूर्णकला घिमिरेको कविता संग्रह ‘नसमेटिएका तरड्ड’को विमोचन भएको छ ।

Bhairab puraskar Manoj Gajurel

विशेष