News

'नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत' - अध्यक्ष वैद्य

'नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत' - अध्यक्ष वैद्य
असाेज - ५ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बताएका छन् । mohan baidhya बुधबार पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष वैद्यले भारतलाई संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका लागि सहयोग गर्ने, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतलाई कार्यान्वयन गर्ने सहमति देशहित विपरीत रहेको जिकिर गरे । उनले भने, “विगतमा भारतसँग भएका सम्पूर्ण सन्धि, सम्झौता खारेज गरेर नयाँ आधारमा नयाँ सम्झौता गर्नुपर्नेमा पुराना सन्धि, सम्झौतालाई कार्यान्वयनमा लैजाने सम्झौता गरेर आउनु दुर्भाग्यपूर्ण हो ।” आफ्नो पार्टीले संविधानलाई अस्वीकार गरेको र आफूहरुमात्रै वास्तविक रुपमा प्रतिपक्षी पार्टी भएको उनको जिकिर थियो । माओवादी लडाकुको शिविरमा भएको अनियमितताबारे आफूहरुलाई थाहा नभएको वैद्यको भनाइ थियो । उनले भने, “शिविरको रकमबारे हामीलाई थाहा छैन, हामी नेतृत्वमा नभएकाले त्यो विषय माओवादी केन्द्रलाई नै बढी थाहा छ ।” माओवादी केन्द्रले संसद्वादलाई स्वीकार गरेको र आफूहरुले त्यसलाई स्वीकार गर्न नसकेकै कारण पार्टी एकता हुन नसकेको उनको प्रष्टोक्ति थियो । उनले भने, “पार्टी एकताको लागि मैलेपनि धेरै प्रयास गरेको हो, तर विचार र सिद्धान्तमा कुरा नमिलेपछि एकता हुन सकेन ।” भविष्यमा माओवादी केन्द्रसँग एकताको सम्भावना अझै रहेको स्वीकार गर्दै उनले तत्कालै सो पार्टीसँग एकताको सम्भावना नरहेको बताए । परिस्थिति हेरेर चुनावमा भाग लिने अध्यक्ष वैद्यले सिपी गजुरेलको नेतृत्वमा पार्र्टीले गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा परिस्थिति हेरेर चुनावमा भाग लिने बताएका हुन् । उनले भने, “आवश्यकताअनुसार चुनावलाई समेत उपयोग गर्ने नीति लिएका छौँ, तर आन्दोलनलाई अगाडि बढाउने अवस्था आए बहिस्कार गरेर जान्छौँ ।” -रासस

moast mohan baidhya pm puspa kamal dahal prachanda

विशेष