News

कारवाही गर्छु भन्दा ट्वीटरमा देउवा आलोचित

कारवाही गर्छु भन्दा ट्वीटरमा देउवा आलोचित
असोज – ५ । विश्व शान्ति दिवसको अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको विषयमा आलोचना गरिएको छ । sher bahadur 1 उनले बुधबार ट्वीटरमा लेखेका थिए,‘ विश्वशान्ति दिवसको उपलक्ष्यमा शुभकामना । शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयहरुमा भएको घटना अत्यन्त निन्दनीय छ । कारवाहीको माग गर्छु ।’ मंगलबार विभिन्न विद्यालयमा भएको बम विष्फोटको घटना निन्दनीय भएको भन्दै कारवाहीको लागि सरकारसँग माग गरेपछि उनको आलोचना भएको हो । आफ्नै दल सरकारमा सम्मिलित भएको, आफ्नै पार्टीका नेता गृहमन्त्री भएको जस्ता विषय उठाउँदै आफैँ सरकारमा काम गर्ने ठाउँमा हुँदा सस्तो प्रचारका लागि ट्वीट लेखेको भन्दै देउवालाई सत्तोसराप गरियो । कोहीले त ट्वीटर लेख्नको लागि मात्र हो सम्बन्धित ठाउँमा गएर माग गर्नु पनि भनेका छन् । केहीले सरकारको नेतृत्व गरेको माओवादीलाई पनि गाली गरेका छन् । https://twitter.com/dotbahadur/status/778430683698098178 https://twitter.com/dpncn/status/778446165209587712 https://twitter.com/bhusalkissna/status/778432634980491265

Sher Bahadur Deuba Twitter

विशेष