अमेरिकी विदेशमन्त्री केरी नेपाल अाउन इच्छुक
असाेज - ५ । अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा प्रकाशरण महतसँग मंगलबार भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री केरीले सो इच्छा व्यक्त गरेका छन् ।
'म अघिल्लो पटक भारत भ्रमण गर्दा नेपाल जान चाहेको थिएँ, त्यतिखेर व्यस्तताले गर्दा मिलेन, अब कुनै उपयुक्त समयमा म नेपालको भ्रमण गर्नेछु, नेपालको विकास र समृद्धिमा अमेरिका सधैँ सहयोग गर्न तयार छ'–विदेशीमन्त्री केरीले भने ।
अमेरिकी विदेशमन्त्री केरीले नेपालका पर्यटकीय गन्तव्यमध्ये कुनै एक गन्तव्यको पदयात्रा गर्ने इच्छासमेत व्यक्त गरेका थिए ।
john kerry
Nepal Tour