News

पूर्व सभासद् यादव प्रहरीको नियन्त्रणमा

पूर्व सभासद् यादव प्रहरीको नियन्त्रणमा
असोज–५ । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभासद् शिवराम यादव सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागबजार क्षेत्रमा चन्दा उठाउँदै गरेको अवस्थामा यादव तथा अन्य तीन रसिद ठेली सहित नियन्त्रणमा परेका हुन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारले नेकपा क्रान्तीकारी माओवादीका नाममा चन्दा उठाउँदै हिडेका यादव सहित दिपेन्द्र गहतराज, राम नेपाली र महेश श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिएको हो ।

Shibram Yadav

विशेष