खेल ताजा खबर News

बार्सिलोना र एथ्लेटिको मड्रिडले बराबरी खेले, मेसी चोटग्रस्त

बार्सिलोना र एथ्लेटिको मड्रिडले बराबरी खेले, मेसी चोटग्रस्त

La liga असोज ६ । बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकियो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडको डिफेन्सलाई चिर्न सकेन । ४१ औं मिनेटमा इभान रेकिटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।messi

पहिलो हाफमा १–० ले पछि परेको एथ्लेटिकोका लागि ६१ औं मिनेटमा एन्जल कोरेयाले बराबरी गोल फर्काए । बार्सिलोनाका लियोनल मेस्सी चोटका कारण मैदानबाट बाहिरिएका थिए । बार्सिलोनाका जेराड पिके र एथ्लेटिको मड्रिडका डिएगो गोडिनले गोल गर्ने राम्रो मौका बनाए पनि गोल भने गर्न सकेनन् । पाँच खेलबाट १० अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । शीर्ष स्थानको रियल मड्रिडको पाँच खेलबाट १३ तथा दोस्रो स्थानको सेभिल्लाको ११ अंक छ ।

Barcelona la liga

विशेष