फेसबुकका संस्थापक मार्क जुगबर्ग दम्पतीको बालबालिकाको रोग नियन्त्रणका लागि १० अर्ब डलर सहयोग
असोज ६ । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा उनकी पत्नी प्रिस्सिला चानले रोगसंग जुध्न आवश्यक वैज्ञानिक अनुसन्धानका लागि आगामी दश वर्षमा तीन अर्ब डलरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।उक्त सहयोग राशी क्यालिफोर्नियामा नयाँ अनुसन्धान केन्द्रको स्थापना लगायत अन्य वैज्ञानिक शोध कार्यमा खर्च गरिने जनाइएको छ ।
उनीहरुको उद्देश्य आफ्नै बालबालिकाको जीवनकालभित्र सबै रोगको उपचार, निवारण तथा व्यवस्थापन गरिसक्ने रहेको छ । मार्क जुकर्बर्ग तथा बालरोग विशेषज्ञ उनकी पत्नी प्रिस्सिला चानले यही शताब्दीभित्र सबै रोग नियन्त्रण गरिसक्ने आफ्ना उद्देश्य नराम्रो लागे पनि लगन र नवीन शोधले ती हासिल हुन सक्ने बताएका छन् ।
उक्त उद्देश्य हासिल गर्न सकिने भन्दै जुकर्बर्गले भनेका छन् , “हामीले गएको तीन वर्षमा दर्जनौं वैज्ञानिक तथा विज्ञहरुसंग भेट्यौं जसले यो उद्देश्य हासिल गर्न सकिने बताए। यो भनेको कोही मानिस बिरामी पर्ने छैनन् भन्ने होइन कि मानिसहरु एकदमै कम बिरामी पर्नेछन् र परेको खण्डमा चाँडै रोग पहिचान र उपचार हुनेछन् भन्ने हाे।”
जुकरबर्ग दम्पतिले आफ्नो छोरी जन्मिएलगत्तै सन् २०१५ को डिसेम्बरमा आफ्ना सम्पतिको ९९ प्रतिशत हिस्सा परोपकारमा लगाउने बताएका थिए।
Mark Jugbarg