ताजा खबर News स्वास्थ्य

सडक भत्किएपछि हेलिकोप्टर चार्टर गरेर ल्याइयो बिरामी

सडक भत्किएपछि हेलिकोप्टर चार्टर गरेर ल्याइयो बिरामी

shree-airlines-2

असोज ७ । पर्वतका ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडाै लगिएको छ । पर्वतको सदरमुकाम कुश्मादेखि दक्षिण रानीपानी जोड्ने सडक अवरुद्ध हुँदा करिब दुई लाख रुपैयाँ खर्चिएर बिरामीलाई राजधानी लैजानु परेको छ । छिमेकी जिल्ला बागलुङको दक्षिण भेगस्थित छिस्ती गाविसका ५५ वर्षीय टीकानिधि पाध्यालाई बुधबार साँझ श्री एअरलाइन्सको हेलिकप्टरमार्फत राजधानी लगिएको हो ।

मङ्गलबारदेखि एक्कासि बिरामी परेका पाध्यालाई स्थानीयस्तरमा उपचार गरेर निको हुने सम्भावना नभएपछि सिधै राजधानीस्थित ग्रान्डी अस्पतालमा लगिएको स्थानीयवासी राधाकृष्ण पाठकले जानकारी दिए ।

पाध्यालाई एक्कासि श्वासप्रश्वाससम्बन्धी रोग देखापरेपछि पर्वतको पाङराङ गाविसस्थित कर्नासमा हेलिकप्टर अवतरण गराई काठमाडौँको ग्रान्डी अस्पतालमा लगिएको पाध्याका छोरा कौरब पौड्यालले जानकारी दिए । पाध्यालाई मङ्गलबारदेखि श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीरका बिभिन्न भागमा फोका उठेको पौडेलले जानकारी दिए ।

उक्त हेलिकप्टर चार्टर गर्दा रु दुई लाखभन्दा बढी खर्च लागेको छ । आर्थिक अवस्था कमजोर भएपनि ऋण गरेरै हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता आएको उहाँले गुनासो गरे ।

Shree Air

विशेष