अपराध सुरक्षा ताजा खबर News

परपुरुषसंग अनैतिक सम्बन्ध राखेको भन्दै तातोपानी खन्याएर मरणासन्न हुनेगरी पिटे छिमेकीले महिलालाई

परपुरुषसंग अनैतिक सम्बन्ध राखेको भन्दै तातोपानी खन्याएर मरणासन्न हुनेगरी पिटे छिमेकीले महिलालाई

capture

असोज ६ । परपुरुषसँगको अनैतिक सम्वन्ध राखेको भन्दै सुनसरीकी एक महिलालाइ छिमेकीहरु मिलेर चरम यातना दिएका छन् । सुनसरी प्रकाशपुरकी ३८ वर्षिया शोभा गिरीलाई छिमेकी अर्जुन गिरी र उनका छोरा भविन्द गीरीले शरिरमा तातो पानी खन्याउँदै मरणासन्न हुने गरी कुटेको आरोप उक्त महिलाले लगाएकी छन् ।

क्त महिला शरिरमा निलडाम र पिल्सिएको घाउ बोकेर पीडितलाई कारबाहीको लागी उजुरी दिन जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेपछी उक्त घटना बाहिर आएको हो । आफुमाथि यसरी कुटपीट हुंदा पनि गांउलेले घटना मिलाउन लागेको भन्दै उनले प्रहरीलाई गुहार्न पुगेको बताइन ।

ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएको पीडित महिलाको परिवार घटनाको  वास्तविकता छानविन गरी दोषीमाथि कार्वाहीको माग गर्दै सरोकारवाला निकायहरु धाइरहेका छन् ।

Sunsari Police

विशेष