ताजा खबर News

उपकुलपति र रजिष्टार कार्यकक्षमै थुनिए

उपकुलपति र रजिष्टार कार्यकक्षमै थुनिए

sudur-paschim

असोज ६ । सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयमा पढाई सुचारुहुनुपर्ने माग राख्दै विद्यार्थिहरुले उपकुलपती र रजिष्ट्रारलाई थुनेका छन । विगत एक साता देखि प्राध्यापकहरुले गरेको पेनडाउनका कारण पढाईमा अवरोध भएको र सुदुरपश्चिम विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको भन्दै विज्ञान तथा प्रविधि संकायका विद्यार्थीहरुले उनीहरुलाई बुधबार तीन घण्टा थुनेका थिए ।

विश्वविद्यालयमा हुनुपर्ने सामान्य भौतीक पुर्वाधारनै नभएको र विगत २ महिनादेखी सेवाआयोगमा लगाएको तालावन्दी खोल्नुपर्ने माग राख्दै विज्ञान संकायका प्राध्यापकहरुले गत हप्ता देखि पेनडाउन गरेका छन भने मंगलवार तालावन्दी समेत गरेका थिए । प्राध्यापक नै आन्दोलनमा गएपछि आफ्नो पढ्ने मौलिक अधिकार र भविश्य संगनै खेलवाड भएको भन्दै आक्रोसीत भएका विद्याथीले ३ घण्टा थुनेका थिए ।

Student in nepal

विशेष