विदेश

कर्मचारीलाई पैसाको साटोमा आलु, गाँजर र कुखुराको चल्ला

कर्मचारीलाई पैसाको साटोमा आलु, गाँजर र कुखुराको चल्ला
असोज ६ । कुनै पनि ठाउँमा काम गर्दा होस या मजदुरी गर्दा होस् त्यसको बदलामा हामी पैसा लिने गर्दछौँ । आफ्नो अनिवार्य तथा अक्तिरिक्त आवश्यकता परिपूर्तिका लागि हामीलाई पैसाको आवश्यकता पर्दछ । यदि कसैले तपाईलाई मजदुरी एवम् काम गरेवापत आलु, गाँजर र कखुराको चल्ला दिएमा तपाई के गर्नुहुन्छ ? पक्कै पनि त्यसलाई अस्वीकार गरेर पैसा नै माग्नुहुन्छ । challa तर उज्वेकिस्तानको कर्मचारीलाई तलबको रुपमा आलु, गाँजर तथा कुखुराको चल्ला दिइने गरिएको छ । उज्वेकिस्तानको एक शहरमा विद्यालयको शिक्षकलाई तलब अर्थात पैसाको साटो कुखुराको चल्ला दिइने गरिएको हो । यस्तो गर्नुको कारण भने उज्वेकिस्तानको बैँकमा पैसाको अभाव हुनु हो । त्यहाँका शिक्षक शिक्षिकाहरुका अनुसार पछिल्लो वर्ष पनि तिनीहरुलाई तलब अर्थात पैसाको साटो गाँजर, आलु तथा कुखुराको चल्ला दिइएको थियो । challa1 उज्वेकिस्तानमा एउटा कुखुराको चल्लाको मूल्य सात हजार सोम अर्थात २ सय ६७ रुपैया पर्दछ । बजारमा यसको मूल्य दुई गुणा बढी रहेको छ । उज्वेकिस्तान केही वर्ष देखि पैसाको समस्याबाट लडिरहेको छ । जसको असर सिधै उज्वेकिस्तानको नागरिकमा देखिएको छ । अब यो हेर्न बाँकी छ की यो कहिलेसम्म चल्छ किनकी सबै चिजको गुजार आलु, गाँजर र कुखुराको चल्लाबाट चल्दैन् ।

Challa Salary Teacher uzbekistan

विशेष