ब्राड र एन्जीलिनाको डिभोर्सको बारेमा मारियनले मुख खोलिन्

असोज ६ । हाल हलिउडको चर्चित जोडि ब्राड पिट र एन्जीलिना जोलीको डिभोर्सको कुराले विश्व तताएको छ । हलिउडको आदर्श मानिने यो जोडिको डिभोर्सको कारणमा फ्रेन्च अभिनेत्री मारियन कोटिलार्डको नाम मुछिएको थियो ।
धेरै मिडियाले पछिल्लो समय ब्राड मारियनसँग लागेपछि जोलीले उनीसँग डिभोर्स भएको समाचार प्रकाशित गरे । उक्त समाचारमा मारियन गर्भवती रहेको र गर्भमा रहेको बच्चाका बाबु ब्राड भएको खबर पनि प्रकाशित भयो ।
उनका बारेमा यस्ता समाचार प्रकाशित हुन थालेपछि मारियनले आफ्नो मुख खोलेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट मारियनले आफू गर्भवती भएको तर जोली र ब्राडको सम्बन्ध बिच्छेदमा आफ्नो कुनै भूमिका नरहेको बताएकी छिन् ।
— एजेन्सी
anjilina joli
brad pit
divorce
