जहाज किन्ने प्रक्रिया हप्ता दिनभित्र टुङ्गो लाग्ने

असोज - ६ । नेपाल एअरलायन्सले नयाँ जहाज किन्ने प्रक्रिया एक साताभित्र टुङ्गो लगाउने भएको छ । निगमको सञ्चालक समितिको बैठकले जहाज किन्नलाई टेन्डरलगायत काम एक साताभित्रमा सक्ने निर्णय गरेको हो ।
जहाज किन्न आवश्यक पर्ने रकम सरकार जमानी बसेर २५ खर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएपछि निगमले युरोपेली जहाज निर्माता कम्पनीसँग २ सय ५० देखि २ सय ८० सिट क्षमताका दुई थान जहाज खरीद गर्ने भएको हो ।
२०७४ असोजमा पहिलो जहाज काठमाडौं आउने छ भने दास्रो जहाज २०७५ बैशाखमा भित्र्याउने निगमको लक्ष्य रहेको छ । यी दुई जहाज खरिद गर्न भने कर्मचारी सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण दिएको छ ।
Air Bus
Kharid
Nepal Airlines
Tender
