नारायणगढ–मुग्लिङ सडक विस्तार बन्द गर्न पत्राचार
असोज – ६ । बाटो बनाउने कामले सवारी साधनको जाम हुने र यात्रुहरुले सास्ती पाउने भएकाले यातायत व्यवस्था विभागले नारायणगढ–मुग्लिङ सडक विस्तारको काम बन्द गर्न सडक विभागलाई पत्राचार गरेको छ ।
असोज १० गतेदेखि ३० गतेसम्म सडक विस्तारको काम नगर्न विभागले भनेको छ । विभागले दशैंमा घरजाने यात्रुहरुको सुविधालाई ध्यान दिँदै नारायणगढ–मुग्लिङ सडकखण्डका खाल्डा खुल्डी पुर्ने काम गरिरहेको छ । यातायत व्यवस्था विभागले सडक विभागलाई बाटो निर्माण कार्य बन्द गरेर मर्मतमात्र गरिदिन समेत आग्रह गरेको छ ।
यातायात व्यवस्था विभागले बाटो निर्माण कार्य रोक्न आग्रह गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पत्र पठाएको विभागका प्रवक्ता वसन्त अधिकारीले श्रोतलाई बताएका छन् ।
Narayan Gad Mugling Sadak
Patrachar
Sucharu garna