News

प्रधानमन्त्री प्रचण्ड - मोदी संयुक्त वक्तव्यको ८ बुँदामा नयाँ शक्तिको आपत्ति

प्रधानमन्त्री प्रचण्ड - मोदी संयुक्त वक्तव्यको ८ बुँदामा नयाँ शक्तिको आपत्ति

असोज ६ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यको अाठ वटा बुँदामा आपत्ति जनाएको छ ।

सम्झौताका कतिपय विषय नेपालको राष्ट्रिय हित विपरित भएको नयाँ शक्ति नेपालले जनाएको छ । प्रधानमन्त्री भारत जानु अघि भट्टराईले १० बुुँदे सुझाव दिएका थिए । तर, भ्रमणका क्रममा त्यसबारे कुनै पहल नहुनु आपत्तिजनक भएको पार्टीले बताएको छ । नयाँ शक्ति नेपालले संविधान संशोधन तथा कार्यान्वयन आन्तरिक मामिला भएको भन्दै उसलाई अन्तर्राष्ट्रियकरण गरेको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड र मोदीले जारी गरेको संयुक्त वक्तव्यको बुँदा नम्बर १० मा संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता बढाउने नेपाल सरकारको प्रयासलाई भारतले स्वागत गर्ने उल्लेख छ । नयाँ शक्तिले यसप्रति आपत्ति जनाएको छ र यो अवाञ्छनीय र गलत भएको बताएको छ ।

Appati baburam bhattarai Nyashakti pm pushpa kamal dahal prachanda

विशेष