वैद्यले आफ्ना नेता पक्राउ गरेकोमा आन्दोलन गर्ने चेतावनी

असोज – ६ । वैद्य माओवादीले प्रहरीले जर्बजस्ती चन्दा असुलेको आरोपमा प्रहरीले आफ्ना नेता पक्राउ गरेको भन्दै आन्दोलन गर्ने भएको छ ।
बुधबार काठमाडौंको बागबजारबाट जर्बजस्ती चन्दा असुलेको आरोपमा पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय संयोजक राम नेपालीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर माओवादीले आर्थिक संकलन कार्यक्रम परिचालन गरे पनि जर्बजस्ती चन्दा दिन बाध्य नपारिएको दाबी गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा असोज ७ गते बिहान १० देखि ११ बजे सम्म चक्का जाम गर्ने, ८ गते दिउँसो सिठ्ठी जुलुस र ९ गते उपत्यका बन्दको कार्यक्रम गर्ने जानकारी दिएको छ ।
Andolan moast mohan baidhya