News

लुटपाट गर्ने ३ पक्राउ

लुटपाट गर्ने ३ पक्राउ
असाेज - ६ । यात्रुबाहक टोयटा हाईस् गाडी रोकी यात्रुहरुको नगद तथा सुनको सिक्री लुटपाट गर्ने मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । hatkadi पक्राउ पर्नेहरुमा कुशादेवी गाविस–४ घर भई हाल ललितपुर उपमहानगरपालिका–१५ महालक्ष्मीस्थान बस्ने २१ बर्षीय रोशन थापा, शिसाखानी गाविस–१ बस्ने २३ बर्षीय रोज कुमार लामा र कुरुवाबास चापाखोरी गाविस–१ बस्ने २३ बर्षीय मिलन लामा रहेका छन् । उनीहरुले असोज ३ गते भकुण्डेबेशीबाट काठमाडौँतर्फ गइरहेको बा।३ ख ९८२८ नम्वरको यात्रुबाहक टोयटा हाईस गाडीलाई पनौती नगरपालिका–१ चौकोट स्थित बि.पि. राजमार्ग सडक खण्डमा रोकी गाडीमा सवार भई आएका यात्रु तथा चालक समेतको गरी नगद १ लाख ३० हजार रुपैयाँ र डेढ तोलाको सुनको सिक्री समेत लुटपाट गरेका थिए । प्रहरीले उनीहरुलाई बुधबार लुटपाट घटनामा प्रयोग भएको बा ७२ प ७३२६ र बा ४७ प ३४५८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

lutpat Pakrau

विशेष