हातमा रक्सी लिएका काँग्रेस नेता रिजालले 'मेरो बदनाम गर्ने’ भन्दै पूर्वमन्त्री पण्डितको अपमान गरेपछि .....
डिएफआइडीले आयोजना गरेको महिला सम्बन्धि कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । लाजिम्पाटस्थित साँग्रिला होटेलमा आयोजित कार्यक्रमर्मा ड्रिङ्स ओपन’ भइसकेको थियो । कार्यक्रम चल्दैपनि थियो, कोही भिन्दै बसेर भलाकुसारी गर्दै थिए । यस्तैमा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पुगे । उद्घोषकले पण्डितको प्रंशसा गर्दै स्वागत गरे । लालबाबुले ढिला भएकोमा माफ पाउँ है भन्दै अभिवादन साटासाट गरे । त्यसपछि उनी उपस्थित सबैसँग हात मिलाउँदै अघि बढे । सन्दर्भ हो बुधबार साँझको । कुनामा पूर्व शिक्षामन्त्री चित्रलेखा यादव र पूर्वसंचारमन्त्री मिनेन्द्र रिजाल गफिरहेका थिए । पण्डित त्यहीं पुगे । यादब टाढैबाट मुस्कुराइन् । मिनेन्द्र देखेको नदैख्यै गरिरहे । नजिकै पुगेपछि पण्डित र यादवले नमस्कार आदानप्रदान गरे । पण्डितर्ले आराम हुनुहुन्छ ?’ भन्दै रिजालतर्फ हात बढाए । हातमा रक्सीको प्याग लिएका रिजालले हात अघि बढाएनन् । उल्टो पड्किन थालेर्, मेरो बदनाम गर्ने, जे पायो त्यही भन्ने । म हात मिलाउँदिन ।’ अवाँक भएका पण्डितले प्रतिप्रश्न गरेर्, मैले के गल्ती बोले र ? जे बोलेको छु, सत्य बोलेको छु ।’ पण्डितको प्रतिवादपछि रिजाल झनै झोक्किएर्, जथाभावी नबोले हुन्छ । राम्रो हुँदैन । बदनाम गर्न झूटो बोल्ने ?’ पण्डितले फेरि प्रतिवाद गरेर्, के झूटो बोले भन्नोस् न । जे बोलेको छु सत्य बोलेको छु । तपाईलाई लागेजस्तो छ । होसमा हुँदा कुरा गरुँला ।’ मन्त्री भइसकेका दुई विशिष्ट अथितिको भनाभनका कारण कार्यक्रम स्थलमा सबैले मुखामुख गर्न थाले । टाढा रहेका भनि नजिकै झुम्मिए । आयोजकले पण्डितलाई जाउ सर भन्दै अर्को कुनातिर लगे । खासमा पण्डित र रिजाल सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा सामान्य प्रशासन र संचार मन्त्री थिए । पण्डितले रिजालसँग पनि अमेरिकाको ग्रिनकार्ड रहेको संचारमाध्यममा संकेत गरेका थिए । कर्मचारीले डिभी पिआर लिन नपाउँने गरि निजामति कर्मचारी ऐन संशोधन गर्ने बहशमा रिजाल विपक्षमा खुलेर लागेका थिए । मन्त्रिपरिषद्मा उनीहरुका बीचमा भनाभनसमेत भएको थियो । पण्डित अर्को कुनामा पुग्दासमेत रिजालको रिस मरेको थिएन । उनी पण्डितका कारण आफुहरुलाई समस्या परेको भन्दै पण्डितको अनुहारजस्तै मनपनि कालो रहेको टिप्पणी गरेका थिए । रिजाल नथामिएपछि चित्रलेखा यादवलगायतका उपस्थितले उनलाई भैगो भन्दै थम्थमाएका थिए । यसबारे बुझ्नका लागि रिजालसँग गरिएको सम्र्पक प्रयास सफल हुन सकेन । पण्डितले शुरुमा कसरी थाहा पाउनुभयो भन्दै प्रतिप्रश्न गरे । सँगै, रिजालजीलाई नै सोध्न उपयुक्त हुने जनाए ।
र यो पनि, ► मन्त्रिपरिषद्मा हंगामा मच्याएको minendra rijal insults lalbabu pandit