News

'स्वास्थ्य बिमासम्बन्धी विधेयक संसदमा पेस गर्ने' - स्वास्थ्यमन्त्री थापा

'स्वास्थ्य बिमासम्बन्धी विधेयक संसदमा पेस गर्ने' - स्वास्थ्यमन्त्री थापा
असाेज ६ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुई महिनाभित्रमा स्वास्थ्य बिमासम्बन्धी विधेयक संसदमा पेस गर्ने बताएका छन् । Gagan_Thapa_performing_speech_in_Sydneyभरतपुर अस्पतालको सी ब्लक भवनको शिलान्यास गर्दै मन्त्री थापाले सबै नेपालीले सहज स्वास्थ्य सुविधा पाउन् भन्नका लागि बिमा योजना ल्याउन लागिएको बताए । अति विपन्न जसले बिमा शुल्क तिर्न सक्दैन उनीहरुका लागि राज्यले बिमा शुल्क तिरेर सबै नेपालीलाई बिमामार्फत स्वास्थ्य सेवा दिने तयारीमा सरकार रहेको उनको भनाइ छ । देशमा सबैभन्दा बढी भौतिक निर्माणमा अनियमितता हुने गरेको भन्दै उनले त्यहाँ गरिने अनियमितता अपराध हो भने स्वास्थ्य क्षेत्रको अनियमितता पाप भएको भनेका छन् । सरकारले अनियमितता रोक्नका लागि कडाइका साथ काम थालेको भन्दै उने मन्त्रीको कोठाबाट आर्थिक पारदर्शीतालाई सुरुवात गरि बताए । स्वास्थ्यमन्त्री थापाले अरुले झैँ आफूले कुनै कर्मचारीलाई निर्देशन नदिने भन्दै मिलेर काम गर्न सबै कर्मचारीमा आग्रह गरे । ‘तपार्ईहरुले मलाई काम दिनुहोस्, म पूरा गर्छु, तपाईले पनि आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ‘ उनले भने । रासस

Gagan Thapa Saamsad Swasthya bima

विशेष