नेपाल टेलिकमको महाप्रबन्धकमा कामिनी राजभण्डारी नियुक्त

असोज - ६ । सरकारले नेपाल टेलिकमको महाप्रवन्धकमा कामिनी राजभण्डारी नियुक्त गरेकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई महाप्रवन्धकमा नियुक्ति गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । बैठकले हुलाकका कर्मचारीहरुको तलब बढाउने निर्णय पनि गरेको छ । यसअघि बजेट भाषणमा सबै कर्मचारीको तलब बढेपनि हुलाकका कर्मचारीको तलब बढेको थिएन ।
बिहीबार सरकारको निर्णयसँगै हुलाकका कर्मचारीको तलब अरु कर्मचारीको समान भएको छ । बैठकले मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि १ करोड ४० लाख निकासा गर्ने निर्णय पनि गरेको छ । यस्तै अल्ट्रा धाविका मिरा राईलाई ५ लाख दिने निर्णय बैठकले गरेको छ दुई वर्ष्भित्रमा हलिया मुक्त गर्ने घोषणा पनि बैठकले गरेको छ ।
Kamini raj bhandari
mantri parisad
Telicomeko prabandha
