News

प्रेमी–प्रेमीकाले पैसा असुल्न गरे अपहरणको नाटक

प्रेमी–प्रेमीकाले पैसा असुल्न गरे अपहरणको नाटक
असोज – ६ । ललितपुरमा अपहरणको नाटक गरेर एक प्रमीकाले प्रेमीसँग मिलेर अभिभावकसँग पैसा असुल्ने प्रयास गरेको घटना सार्वजनिक भएकोे छ । hatkadi112   सो घटनाको उजुरी महानगरीय प्रहरी परिसर ललितपुरमा परेको थियो । ललितपुर पाटनढोका बस्ने सिन्धुपाल्चोक कर्थली–४ की साबु भन्ने सावित्री खड्काले आफू अपहरणमा परेको र फिरौती रकम चाहियो भन्दै आफन्तलाई एसएमएस पठाएकी थिइन् । त्यही एसएमएस लिएर आफन्त प्रहरी कहाँ पुगे । अनुसन्धानमा त्यो नाटक रहेको प्रहरीले खुलाएको छ । उनका प्रेमी सिन्धुपाल्चोक कर्थली–६ का सिजन भनिने रामचन्द्र खत्री रहेको प्रहरीले बताएको छ । प्रहरीले सावित्री र रामचन्द्र दुबैलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दुबैको योजनामा खत्रीले अन्य व्यक्तिबाट लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपहरणको नाटक गरेको खुलेको हो ।

Apaharan Natak Premi Premika

विशेष