News

'नयाँ पत्रकार आचार संहिता-२०७३' जारी

'नयाँ पत्रकार आचार संहिता-२०७३' जारी
असोज ६ । राष्ट्रपति भवन शीतलनिवासमा एक कार्यक्रमको आयोजना गरी बिहीबारदेखि नयाँ पत्रकार आचार संहिता जारी गरिएको छ । press नेपाल प्रेस काउन्सिलमा सूचीकृत हुने अनलाइन पत्रिकाहरुको संख्या ३७२ पुगेको छ । अब अनलाइन पत्रिकालाई समेट्ने गरी प्रेस काउन्सिलले नयाँ पत्रकार आचार संहिता-२०७३ जारी गरेका छन् । हालसम्म पत्रकार आचार संहिता- २०६० लागू हुँदै आएकोमा अब सो आचार संहिता खारेज भएर नयाँ आचार संहिता प्रयोगमा आएको छ । काउन्सिलले विभिन्न सञ्चारकर्मीसँग छलफल गरेर आचार संहिता जारी गरेको बताए पनि पर्याप्त छलफलविनै जारी भएको कतिपयको गुनासो छ । अनलाइनको संख्या ३७२, टीभी च्यानल ८४ प्रेस काउन्सिलले दिएको जानकारी अनुसार हालसम्म नेपालमा सूचीकृत अनलाइन पत्रिकाको ३७२ पुगेको छ । सूचीकरणमा नपरेका अनलाइनको संख्या पनि अत्यधिक रहेको काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले जानकारी दिए । काउन्सिलका अनुसार छापामाध्यम अन्तरगत देशमा ९ सय भन्दा बढी पत्रपत्रिकाले वर्गीकरणका लागि निवेदन दिएका छन् । दैनिक पत्रिका १८० वटा र साप्ताहिक ४६३ छन् । केही पाक्षिक र एउटा अर्धसाप्ताहिक नियमित प्रकाशित हुँदै आएका छन् । पत्रकारहरुले समाजमा विश्वसनीयता बढाउन आत्मसमीक्षा गर्न जरुरी रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले बताए ।

नयाँ पत्रकार आचार संहिता-२०७३  हेर्न यहाँ क्लिक गर्नुहाेस् 

Achar samhita Jari Patrakar

विशेष