विदेश

सिरियाको युद्धमा घाइते ओमरोनलाई आफ्नो घर ल्याइदेउ भन्दै ६ वर्षीय बालकले लेखे ओबामालाई पत्र (भिडियोसहित)

सिरियाको युद्धमा घाइते ओमरोनलाई आफ्नो घर ल्याइदेउ भन्दै ६ वर्षीय बालकले लेखे ओबामालाई पत्र (भिडियोसहित)
असोज – ६ । छ वर्षीया एक अमेरिकी बालकले ओमरन डाक्निस सिरियाली शरणार्थी पाँच वर्षीय बालकलाई आफ्नो परिवारमा सामिल गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पत्र लेखेका छन् । ओमरन डाक्निसको तस्बिर सामाजिक संजालमा देखेपछि न्युयोर्कका छ वर्षीय एलेक्सले ओबामालाई पत्र लेखेका हुन् । omren केही समय अगाडि सिरियामा भएको गृहयुद्धका बेला आृमरन डाकिन्स बम विस्पोटमा परेका थिए । जव उनीलाई उक्त बम विस्फोटनबाट उद्धार गरियो, उनीमा डर, क्रास केही पनि देखिएन् । उनको रक्ताम्य भएको तस्बिर सामाजिक संजालमा भाइरल बन्य र उक्त दृष्यले संसारलाई मर्माहत तुल्यायो । उनले लेखेको पत्र वाचन भएको भिडियो ६० हजार भन्दा वढीले शेयर गरिसकेका छन् । राष्ट्रपतिले ह्वाइट हाउसको सम्बोधनमा पनि एलेक्सको पत्रको बारेमा खुलाशा गरेका छन् । alex एलेक्सले आफ्नो पत्रलाई सुरु गर्दे लेखे “प्रिय राष्ट्रपति ओबामा, सिरियामा एम्बुलेन्सद्वारा उठाइएकोे केटाको सम्झना छ ? कृपया, तपाईं गएर ती बालकलाई हाम्रो घरमा ल्याइदिन सक्नु हुन्छ ......? हाम्रो परिवार ति बालकलाई झण्डा, फूल र बेलुनका साथ प्रतीक्षा गर्ने छ । हामी उनलाई परिवार दिने छौँ र उनी मेरो र मेरी बहिनीको भाइ हुनेछन् ।” एलेक्सले लेखेको पत्र ह्वाइट हाउसले प्रकाशित ग¥यो । alexfullletter ओबामाले यसै हप्ता बैठकमा शरणार्थी संकटको विषयमा ह्वाइट हाउसमा दिएको वक्तव्यमा ले एलेक्सले आफैँ पढेको रेकर्ड गर्नु अगाडिनै उनको पत्रको बारेमा कुरा भएको थियो । “हामी सबै एलेक्स जस्तै हुनुपर्छ,“ राष्ट्रपति ओबामाले भने । “हामी यस्तो रहेको भए संसार कस्तो देखिन्थ्यो कल्पना गर्नुस् । कल्पना गर्नुहोस् हामीले संकटलाई हटाउन सक्ने भए र हामीले जीवन बचाउन सक्ने भए ।” ओबामा भावुक हुँदै ह्वाइट हाउसको सम्बोधनमा भने । सामाजिक संजाल प्रयोगकर्ताहरूले राष्ट्रपतिको दृष्टिकोणलाई सम्मान गर्दै एलेक्सको प्रसंशा गरेका छन् । ‘एक छ वर्षे बालक जोसँग वयस्क भन्दा बढी मानवता, प्रेम र समझदारी छ । एलेक्सका अभिभावकलाई सम्मान छ ।’ एक टेक्सास महिलाले फेसबुकमा कमेन्ट गरिन् । alex-letter-for-omran ‘हाम्रा राष्ट्रपतिले पढेका बेला मैले यो सुने ।’ अर्का एक व्यक्तिले भने । ‘सुनिसकेपछि यो पत्रले मलाई रुवायो ।’ अमेरिकी राष्ट्रपतिले विकसित राष्ट्रहरुलाई सिरियाली संकट र शरणार्थीलाई मद्दत थप गर्न आग्रह गरेका छन् । व्हाइट हाउसले यो वर्ष अमेरिकामा १०,००० सिरियाली शरणार्थीहरु रहेको बताएको छ । –बिबिसीको सहयोगमा

alex letter for omran Barak Obama Syria Civil war Syria War

विशेष