विदेश

अमेरिकाको सार्लोट सहरमा प्रदर्शनले उग्ररुप लिएपछि संकटकाल घोषणा

अमेरिकाको सार्लोट सहरमा प्रदर्शनले उग्ररुप लिएपछि संकटकाल घोषणा
असोज–६ । अमेरिकी राज्य नर्थ क्यारोलिनाको सार्लोट सहरमा संकटकाल घोषणा गरिएको छ । नर्थ क्यारोलिना राज्यका गर्भनर प्याट म्याक्कोरिनले ट्व्टि गर्दै भनेका छन् ‘काला वर्णका हजाराैं मानिस गोरा वर्णका मानिसविरुद्ध प्रर्दशनमा उत्रिए र विगत केही दिनदेखि जारी प्रर्दशनले हिंसात्मक रुप लिएका कारण राज्यमा संकटकाल घोषणा गरिएको हो । north-carolina_1 गत मंगलबार प्रहरीको कुटाइबाट एक अफ्रिकन–अमेरिकन युवाको मृत्यु भएपछि त्यसविरुद्ध प्रदर्शन भैरहेको छ । प्रदर्शनकारीहरुले दोषी प्रहरीलाई कारबाही हुनुपर्ने माग राख्दै गरेको प्रर्दशनले हिंसात्मक रुप लिएपछि नर्थ क्यारोलिना राज्यका गर्भनरले सङ्कटकाल घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उनले सर्वासधरणलाई तनावग्रस्त क्षेत्रमा प्रवेश नगर्न र अनावश्यक रुपमा आफ्नो घरबाट ननिस्कन आग्रह गरेका छन् ।

North Carolina War in america

विशेष