ताजा खबर News स्वास्थ्य

अस्पतालमा स्वस्थ्यमन्त्रीका विशेष दूत

अस्पतालमा स्वस्थ्यमन्त्रीका विशेष दूत

Gagan Thapa

असोज ७ । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालले दिने सेवासहित समग्र अवस्थाबारे जानकारी लिन स्वयंसेवक युवालाई बिरामीको भेषमा परिचालन गरेका छन् । ती स्वयंसेवकले अस्पतालले बिरामीलाई दिने सेवा, गर्ने व्यवहार, भौतिक पूर्वाधार अवस्था, समस्या र सुधार क्षेत्रलगायत विषयमा बुझेर मन्त्रीलाई जानकारी गराउँछन् ।

अस्पतालका समस्या पहिचान गरी समाधान रणनीति तर्जुमा गर्न सहयोग पुगोस् भनेर उनले स्वयंसेवक युवालाई बिरामीको भेषमा ‘गुप्त दूत’ बनाएर परिचालन गरेका हुन् । भरतपुर अस्पतालको सी ब्लक भवन शिलान्यास गर्न बिहीबार भरतपुर आएका मन्त्री थापाले भने, ‘मैले बिभिन्न तरिकाबाट अस्पतालका बारेमा जानकारी लिइरहेको छु । परीक्षण गरेको छु ।’ मन्त्री भएपछि उनी स्वयं पनि विभिन्न अस्पताल पुगेर समस्या र समाधानका उपायबारे जानकारी लिइरहेका छन् ।

Gagan Thapa

विशेष