ताजा खबर राजनीति News

परराष्ट्रमन्त्री प्रकाशशरण महत र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रकाशशरण महत र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच भेटवार्ता

pakistan

असोज ७ । परराष्ट्रमन्त्री प्रकाशशरण महत र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच अमेरिकामा भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको ७१ औं महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री महत र पाकिस्तानका प्रधानमन्त्री सरिफबीच दुई देशको सम्बन्ध एवं आपसी चासोका विषयमा कुराकानी भएको थियो । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को आगामी १९औं शिखर सम्मेलन बारे समेत कुराकानी भएको थियो ।

भेटवार्तामा प्रधानमन्त्री सरिफले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको सफल कार्यकालको शुभकामना दिनुभएको थियो । प्रधानमन्त्री सरिफले सार्कको शिखर सम्मेलनका क्रममा नेपाल भ्रमण गरेको र आगामी सम्मेलन पाकिस्तानमा आयोजना हुने विषयमा भएका प्रयास एवं द्विपक्षीय हित र चासोका बारेमा छलफल गर्नुभएको मन्त्री महतले जानकारी दिनुभयो ।

प्रधानमन्त्री सरिफले सार्क सम्मेलनमा सहभागिता हुन मन्त्री महतमार्फत प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आर्थिक तथा अन्य चासोका विषयमा समेत दुवै मुलुक मिलेर काम गर्ने विषयमा महत्वपूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।

Prakashsharan Mahat

विशेष