ताजा खबर News

अर्नाको आक्रमणबाट एक जनाको मृत्यु

अर्नाको आक्रमणबाट एक जनाको मृत्यु

arna

असोज ७ । सुनसरीमा अर्नाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी पश्चिमकुशाहा–४ का ५५ वर्षीय मुसरु यादव रहेका छन्।

भैँसी चराउन गएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली अर्नाको आक्रमणबाट यादवको बिहीबार मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । यादवको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा ल्याइएको छ ।

Death

विशेष