अपराध सुरक्षा ताजा खबर News

भारतमा बेच्न लगिएका तीन युवतिकाे उद्धार

भारतमा बेच्न लगिएका तीन युवतिकाे उद्धार

woman असोज ७ । बेचविखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा तीन जना युवतीसहित एक महिलालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । सोलु जिल्लाको गाविस याकु–७ की १९ वर्षीय निर्मला विक, उनकी बहिनी १८ वर्षीय शर्मिला विक र सोही स्थानकी २१ वर्षीयकी गीता विक सहित ३६ वर्षकी पवित्रा कोइरालालाई ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।

बिहीबार काठमाडौंबाट बस चढेर विराटनगर जाँदै गर्दा बसका सह–चालकलाई बेचविखनका लागि युवतीहरुलाई फकाईफुलाई लैजान लागेको शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय ढल्केवर नजिक बस रोकेर प्रहरीले चेकजाँच गरी तीन युवती र उनीहरुलाई लैजान लागेकी कोइरालालाई नियन्त्रणमा लिएको हो ।

दिदीबहिनी रहेकी निर्मला र शर्मिलाले आफुहरुलाई वैदेशिक रोजगारका लागि पठाई दिने भन्दै काठमाडौं लगेर आफ्नी सानीमाले काठमाडौंका एक एजेन्ट सुभाष खड्कालाई जिम्मा लगाएको बताएकी छन् । नियन्त्रणमा लिएका चारै जना जिल्ला प्रहरी कार्यालय धनुषाको सेफ हाउसमा रहेको र उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले जानकारी दिएका छन् ।

विशेष