पृतना दिपायल डोटीबाट हराएको सेनाको 'एसएमजी' हतियार फेला

असाेज - ७ । साउन तेस्रोसाता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ ।
पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग हुने २५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो ।
सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले त्यो हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको बताए ।
‘हतियार लोकेट भइसकेकाले भेरिफाई हुने काम भइरहेको छ', उनले भने, 'त्यो हतियार खोज्न सेनाको विभिन्न टोली परिचालित थिए ।’
हतियार खोज्न बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत दिपायल पुगेको थियो ।
-रासस
Dipayal
Nepali army
smg
