News

बैतडीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला

बैतडीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला
असोज - ७ । बैतडी र दार्चुलाको सिमा भएर बग्ने चौलानी नदीबाट बगेर बेपत्ता भएका २० वर्षीय युवक गोकुल भट्ट मृत फेला परेका छन् । death-main दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार बेपत्ता युवकलाई खोजी गर्दै जाँदा शुक्रबार बिहान ७ बजे प्रहरीले सित्तड– ४ पन्ज्युनयाँ नजिकै चौलानी नदीको बीच भागमा मृत अवस्थामा फेला परेको हो । युवक नदीको बीच भागको भङ्गालोमा फेला परेको भए पनि नदीको बहाव बढी भएकाले शव निकाल्न कठिनाइ भएकोे नायब उपरीक्षक खनालले बताए । खनालले दुबैतिरबाट नदी बगिरहेको र नदीको बीच भङ्गालोमा युवकको रहेका जानकारी दिए । बैतडी देउलेक– ६ रिखाली घर भएका भट्ट बिहीबार साँझ नुहाउने क्रममा दार्चुलाको गोकुलेश्वर– ६ भट्टेगाड नजिकै चौलानी नदीबाट बेपत्ता भएका थिए । गोकुलेश्वर उमाविमा कक्षा १२ मा अध्ययनरत युवक दार्चुला गोकुलेश्वर– ५ मा भिनाजुको घरमा बस्दै आइरहेका थिए । रासस  

baitaddi Darchula Death

विशेष