कार्यकर्ता छुटाउन सडक जाम गर्ने वैद्य माओवादीका नेताहरु पक्राउ
असोज - ७ । चन्दा असुली अभियोगमा समातिएका कार्यकर्ता छुटाउन सडक जाम गर्ने मोहन वैद्य नेतृत्वको माओवादीका नेताहरु पक्राउ परेका छन् ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा, पवन श्रेष्ठ, केन्द्रीय सदस्यहरु शारदा महत, प्रा.डा. जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, पत्रकारहरु लगायत १५ जना पक्राउ परेका हुन् ।
क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले बन्दी नेता कार्यकर्ता रिहाई हुनुपर्ने माग राखेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली र अन्य दुई जना केन्द्रीय सदस्य लाई चन्दा संकलन आरोपमा प्रहरीले गिरफ्तार गरेको र जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला सुन्धारा नजिकबाट समातिएका नेताहरुको रिहाइ गर्न वैद्य माओवादीले माग गरेको छ । वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र प्रहरीको यो निरङ्कुश कारबाहीको हाम्रो पार्टी घोर भर्तसना गर्दछ र गिरफ्तार हुनुभएका सम्पूर्ण साथीहरुलाई अविलम्व रिहाइको माग गर्दछ ।’
bigyapti
Karyakarta firta garna mag
Mohan Baidya