News

सालोलाई घाईते बनाएर भिनाजुले गरे आत्महत्या

सालोलाई घाईते बनाएर भिनाजुले गरे आत्महत्या
असोज - ७ । सङ्खुवासभामा बिहीबार साँझ आफ्नै सालोलाई धारिलो हतियारले आक्रमण गरी घाईते बनाउने धुपु–४ का एक व्यक्ति मृत फेला परेका छन् । ४२ बर्षीय गोपाल विश्वकर्मालाई घरनजिकै जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले शुक्रबार बिहान फेला पारेका हुन् ।   उनले बिहीबार साँझ सामान्य घरायसी विवाद हुँदा स्याबुन–१ सिंभुवा घर भएका सालो आशिष विश्वकर्मामाथि धारिलो हतियार प्रहार गरेका थिए । घाईते विश्वकर्मालाई उपचारका लागि खाँदबारी ल्याईंदै गरेको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर मुक्ति सापकोटाले जनाए । ईन्स्पेक्टर सापकोटाका अनुसार मृतकको शव पनि पोष्टमार्टमका लागि जिल्ला अस्पताल झिकाईएको छ । घटना आत्महत्या नै जस्तो देखिए पनि त्यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Akraman Death Salo sankhuwasabha Vinaju

विशेष