भ्रष्टचारको आह्रोपमा ब्राजिलका पूर्वअर्थमन्त्री पक्राउ

असोज - ८ । ब्राजिलका पूर्व अर्थ मन्त्री गुइडो मन्टेगा भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार पूर्वराष्ट्रपति दिल्मा रुसैफका विश्वासपात्र समेत रहेका मन्टेगा साउपाउलो सहरको अलबर्ट आइन्टेन हस्पिटलबाट पक्राउ गरिएको हो । उनी आफ्नी श्रीमतीको सर्जरीको लागि उक्त हस्पिटलमा थिए ।
तर उनलाई केही समय पछि प्रहरीले छोडेको थियो । प्रहरी अनुसन्धानकर्ताहरुका अनुसार उनले ब्राजिलका एक ब्यापारीकासँग २.५ मिलियन डलर उनको पार्टीका लागि लिएका थिए ।
उनले पुर्व राष्ट्रपति लूइस इनासियो लुला डिसिल्भा तथा रुसैफको पहिलो कार्यकालमा अर्थ मन्त्रीको रुपमा काम गरेका थिए ।
brazil
