पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टे अल्टिमेटम
असोज - ७ । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)ले पाकिस्तानी कलाकारहरुलाई भारत छोडेर जान ४८ घण्टाको अल्टिमेटम दिएका छन् । एमएनएस राज ठाकुर नेतृत्वको पार्टी हो ।
जम्मु र कस्मिरको उरि क्षेत्रमा झडप हुँदा १८ भारतीय सेना मारिएका थिए । भारत र पाकिस्तानबीच पछिल्लो समय बढेको तनावलाई निहुँ बनाएर सो दलले भारतमा रहेका पाकिस्तानी कलाकारलाई भारत छाड्न चेतावनी दिएको हो ।
शिव सेनाबाट अलग्गिएर बनेको एमएनएसले हिन्दु एवं मराठीहरुको पक्षमा वकालत गर्दै आएको छ । ‘४८ घण्टाभित्र पाकिस्तानी कलाकारहरुले भारत छोडेनन् भने उनिहरुलाई जवजस्ती देश निकाला गरिनेछ,’ एमएनसका अध्यक्ष एमीइ खोप्कारले बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कलाकारहरु समयमा गएनन् भने आक्रमण हुनसक्ने चेतावनी दिएको भारतीय सञ्चार माध्यम इण्डीयन एक्सप्रेसले उल्लेख गरेको जनाएको छ ।
भारतमा फवाद खान, अली जाफर, महिरा खान लगायतका पाकिस्तानी कलाकार कृयाशील छन् । -एजेन्सी
Pakistani Actors