News

भ्रष्टाचार लुकाउन लोकमान–प्रचण्ड सेटिङविरुद्ध जागे युवा

भ्रष्टाचार लुकाउन लोकमान–प्रचण्ड सेटिङविरुद्ध जागे युवा

भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अख्यितार प्रमुख लोकमानसिंह कार्कीले भ्रष्टाचार लुकाउन सेटिङ गरेको भन्दै युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

bibeksil-nepali-nepalaaja-2

विवेकशील नेपाली नामक राजनीतिक दलको आयोजनामा युवाहरुले माइतीघर मण्डलामा झरीको परवाह नगरी प्रदर्शन गरेका हुन् । र्‘प्रचण्ड–लोकमान सेटिङ, जनतालाई चिटिङ ’, ‘सबैतिर प्रष्ट छ अख्तियार नै भ्रष्ट छ ’लगायत नारा प्रदर्शनकारीले लगाएका थिए । माइतीघरबाट शुरु भएको जुलुश नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी भएकाहरुले हातमा प्लेकार्ड बोकेका थिए । जुलुसमा सो दलका युवा कार्यकर्ताहरु, विद्यार्थीहरुलगायतको सहभागीता थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन अगाडि नबढाउने सहमति लोकमानसँग भएको ब्रिफिङगरेको विषय बाहिरिएपछि विवेकशिल नेपाली आन्दोलनमा छ । भ्रष्टाचारविरुद्ध काम गर्नुपर्ने संस्था आफै मिलेमतोमा लागेको आरोप लगाउँदै आएको छ ।

विवेकशिल नेपालीले अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई नै कारबाही गर्नुपर्ने माग राखेको छ ।

baneshwor Bibekshil nepali Maitighar

विशेष