जिप दुर्घटनामा २ काे मृत्यु, ६ घाइते

असाेज - ८ । कालिकोटको नाग्म हुँदै जुम्लाको सिंजा भएर मुगु गमगढी जाँदै गरेको १ च ३०९९ नम्बरको जिप कनकासुन्दरी–६ हाडसिंजामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा पाण्डवगुफा–८ का दलसिंह भण्डारी र ९ का तिलक काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिपमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ।
घटनास्थल सदरमुकामबाट ६० किलोमिटर टाढा रहेको प्रहरील जनाएको छ।
jeep durghatana
kalikot
mirtue
