News

प्रहरी नायव निरीक्षक र चौकीदार पक्राउ

प्रहरी नायव निरीक्षक र चौकीदार पक्राउ
असोज - ८ । रामेछाप कारागारका सुरक्षा प्रमुख र चौकीदार शुक्रबार राति मदिरा सेवन गरेको अभियोगमा पक्राउ परेका छन् । jel विशेष सुराकीका आधारमा सदरमुकाम मन्थलीबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमोध ढुंगेलका अनुसार सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कारागारबाट निस्केर बजारक्षेत्रमा मदिरा सेवन गरेको अवस्थामा फेला परेकाले प्रहरी नायव निरीक्षक छत्र पण्डित र चौकीदार खड्गबहादुर नेपालीलाई पक्राउ गरिएको हो । स्थानीय बासिन्दाले साँझ ६ बजेपछि कारागार बाहिर निस्कन नपाउने चौकीदार र सुरक्षा प्रमुख आफैं बजारमा बसेर मदिरा खाइरहेको सूचना पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी पठाइएको ढुंगेलले बताए । प्रहरीले दुवैलाई आवश्यक कारबाहीको प्रकृया अघि बढाएको छ ।

jel Madira Ramechhap sewn

विशेष