अन्तर्वार्तामा प्रयोग गरिएको सामानका कारण एक पत्रकार बर्खास्त

असोज ८ । चीनमा एक टेलिभिजन पत्रकारले बाढीपीडितसँग अन्तरवार्ता लिने क्रममा प्रयोग गरेको सामानका कारण आफ्नो जागिर गुमाउनु परेको छ ।
उक्त पत्रकारले स्यामिन सहरमा बाढीपीडितसँग अन्तर्वार्ता लिने क्रममा सन् ग्लास छाता समात्दै गरेको तस्बिर बाहिर आएको थियो । त्यही तस्बिरका कारण उनले आफ्नो जागिर गुमाउनु परेको हो । उक्त टेलिभिजनको नाम भने खुलाइएको छैन् ।
उनी कार्यरत टेलिभिजनले आफ्नो पत्रकारले पत्रकारिताको धज्जी उडाएको तथा नियम उल्लघंन गरेर सर्वसाधरणमा पत्रकारिताप्रति नकारात्मक प्रभाव पारेको आरोप लगाएको छ ।
उनी बर्खास्तमा परेसँगै चीनको सामाजिक सञ्जाल विवोका केही प्रयोगकर्ताले भने एक पत्रकारले सन ग्लास प्रयोग गरेकै कारण जागिर गुमाउनु लज्जास्पद भएको बताएका छन् भने केही प्रयोगकर्ताले आफ्नो व्यवसायिक मर्यादा भुलेको आरोप लगाएका छन् ।
China
interview
Job
