विदेश

अमिताभ बच्चनको आवाज निकालेर चोरले युवतीबाट ८० हजार ठगे

अमिताभ बच्चनको आवाज निकालेर चोरले युवतीबाट ८० हजार  ठगे
असोज ८ । के कोही पनि मान्छे कलाकारको आवाज निकालेर कसैलाई ठग्न सक्छ ? यो घटना सुन्दा कुनै फिल्म जस्तो लाग्छ । तर केही चोरले भारतीय अभिनेता अमिताभ बच्चनको आवाज निकालेर एक युवतीबाट ८० हजार भारु ठगेका छन् । chor यो घटना भारतको पटनाको हो जहा अपराधीले युवतीलाई मोबाइलमा अमिताभ बच्चनको जस्तो आवाजमा भनेका थिए की, ‘कौन बनेगा करोड़पति’मा तपाईले २५ लाखको चिठ्ठा जित्नु भएको छ । यो लिनको लागि प्रोसेसिंग शूल्क ८० हजार भारु जम्मा गर्नु पर्ने छ । युवतीले त्यसको खुसीमा केही पनि विचार नगरी खातामा रकम जम्मा गराएकी थिइन् । ति अपराधीले पैसा जम्मा गरेलगत्तै मोबाइल फोन बन्द गरेका थिए । पैसा जम्मा गरेपछि ति ठगहरुले ति युवतीलाई सम्पर्क पनि गरेनन् र फोन पनि बन्द गरेपछि मात्र उनले ठगेको सुइको पाइन् । ति युवतीले सबै घटनाको जानकारी जब प्रहरीको दिइन् त्यसपछि प्रहरीले साइबर अपराधको मुद्दा हालेर छानविन सुरु गरेको छ ।

India ladies thips

विशेष