विदेश

उरुग्वेमा ‘सेक्स गुरु’ नामक सरकारी मोबाइल एप सार्वजनिक

उरुग्वेमा ‘सेक्स गुरु’ नामक सरकारी मोबाइल एप सार्वजनिक
असाेज - ८ । दक्षिण अमेरिकी देश उरुग्वेमा कम उमेरमा गर्भवती हुनसक्ने सम्भावनाबाट बच्नका लागि उरुग्वे सरकारले एउटा मोबाइल एप लञ्च गरेको छ । जसको नाम ‘सेक्स गुरु’ राखिएको छ । सेक्स गुरु टिनएजर किशोरीहरुलाई गर्भ बस्ने जोखिमको बारेमा शिक्षित गर्नेछ । sex हाल उरुग्वेमा स्वतन्त्रता यति बढेको छ कि यहाँका १५ देखि १७ वर्षका अधिकांश किशोरीहरु गर्भवती हुन थालेका छन् । यी किशोरीहरुलाई न त गर्भवती हुँदा अपनाउनुपर्ने सावधानीका बारेमा थाहा छ न नै कम उमेरमा आमा बन्दाको जोखिम । एक अध्ययनका अनुसार उरुग्वेमा करिब १७ प्रतिशत नवजात शिशुको आमाको उमेर १५ देखि १९ वर्षको बिचमा रहेको छ ।

Mobile Apps sex

विशेष