नदीले बगाउँदा २ को मृत्यु

असोज ८ । कपिलवस्तु वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउजु ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ । लीलाका नाति नौ वर्षीय सुशील भने बाँच्न सफल भएका छन् ।
वाणगङ्गा–१० झङ्गामा आफन्तलाई भेटेर घर फर्कदै गर्दा उनीहरुलाई बाढीले बगाएको थियो ।
Badi
bagayo
kapilvastu
nadi
